२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियठाकुरको एनआरएन आइसीसीको केन्द्रीय कोषाध्यक्ष उम्मेदवारी घोषणा

ठाकुरको एनआरएन आइसीसीको केन्द्रीय कोषाध्यक्ष उम्मेदवारी घोषणा


काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएन)को आगामी निर्वाचनमा ठाकुर प्रसाद ढुंगानाले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा उनले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २०१७-१९ र १९-२१ मा आईसिसि सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७-१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत नेतृत्व गरेका थिए ।

व्यवसाय संगै उनले परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा साथ दिदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छवी बनाएका ढुंगाना आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि विषयमा गहिरो ज्ञान राख्दछन् ।

देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र‌ सोही उत्प्रेरणाले यो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगानले बताए । आईसिसिको अनुरोधमा २०२१-२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए ।

समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन आफू सफल भएको ढुंगाानाको भनाई छ । मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र ढुंगााना चिनिन्छन् ।

युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भुमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।

नेपालको आर्थिक ऊन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तरीका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पस्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् ।

धादिङको नीलकण्ठ नपा.५ खाल्टे घर भई हाल युएईको अवुधावीमा व्यवसाय गरिरहेका ढुंगाना सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन्


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ