२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजआज देखि सहुलियत मूल्यको पसल

आज देखि सहुलियत मूल्यको पसल


काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आज  असोज २१ गते  देखि  सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले पसल सञ्चालन गर्ने भएका हुन् ।
काठमाडौं उपत्यकामा ८ बिक्री केन्द्रहरु तथा तीन घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा पसल सञ्चालन गरिएको छ ।

उपत्यकाबाहिर ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूणर् पसल रहने भएको हो । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख २० हजार बजेट छुट्टाएको छ ।  साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपियाँ छुट्टाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपियाँ मूल्य तोकेको छ । बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो २ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रति २ सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ