२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजत्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि छनोट तथा सिफारिस समितिले पुनः दरखास्त आह्वान गरेको छ । समितिले यसअघि निकालेको दरखास्त आह्वान विवादमा परेपछि त्यसलाई रद्ध गरी पुनः सूचना जारी गरेको हो ।

यसअघि त्रिविले निकालेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरणसहित आवेदन पेस गर्न सूचना निकालेको थियो । उक्त सूचनाले त्रिविभित्रको राजनीतिक भागबण्डालाई प्रशय दिएको भन्दै विभिन्न टिकाटिप्पणीसमेत भएको थियो ।

विवाद सिर्जना भएपछि त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आवेदनको मापदण्ड सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोही अनुसार त्रिविले सोमबार नयाँ सूचना जारी गरेको हो ।

अब नयाँ सूचनाअनुसार योग्यता पुगेका सम्पूर्ण नेपाली नागरिकले त्रिविको उपकुलपतिका लागि दरखास्त दिन सक्नेछन् ।

 


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ