गृहपृष्ठ ∕ समाज ∕ विद्यार्थीसँग ‘म्याम’को ‘अफेयर’, यसरी आयो बाहिर विद्यार्थीसँग ‘म्याम’को ‘अफेयर’, यसरी आयो बाहिर Karobarpati सोमबार, २०८१ जेठ ७ गते, ०७:३८ मा प्रकाशित काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन) ट्युसन पढ्न पुगे । ३४ वर्षीया लक्ष्मी ख्यालठट्टा गर्न मनपराउँथिन् । उनको विवाह भएको थिएन । ट्युसन पढाउने बेलामै लक्ष्मी र राजु नजिकिए । उनीहरूबीच माया प्रेमका कुरा हुन थाले । एक दिन लक्ष्मीले राजुलाई आफ्नै कोठामा बस्न भनिन् । राजु लक्ष्मीकै कोठामा बस्न थाले । उनीहरूबीच शारीरिक सम्पर्क पनि भयो । उनीहरू ल्यापटप र मोबाइलमा अश्लील भिडियोसमेत हेर्थे । उनले त्यहाँ १२ कक्षासम्म पढे । १२ पछि उनी थापाथली इन्जिनियरिङ कलेजमा पढ्न काठमाडौं आए । लक्ष्मीले ल्यापटप, किताबदेखि कोठा भाडासमेत तिरिदिन्थन् । लक्ष्मीको सिन्धुपाल्चोकबाट ललितपुर भट्टेडाँडामा सरुवा भयो । पढाइसकेपछि लक्ष्मी र राजुबीच विवाह गर्ने सल्लाह भएको थियो । तर, लक्ष्मीले अर्कै केटासँग विवाह गरिन् । राजुले आफू र लक्ष्मीको सम्बन्धबाहिर ल्याउने धम्की दिएपछि लक्ष्मीका श्रीमानले अफेयरबारे थाहा पाए । उनी प्रहरीमा पुगे । कालिमाटीस्थित महिला सेलमा उजुरी पुगेपछि राजुलाई पनि डाकियो । राजुले पुराना सबै अतीत खोले । विवाह गर्ने आशा देखाएर अर्कै केटासँग भागी भन्दै लक्ष्मीमाथि राजु खनिए । उनले कलेजमा १२ लाख रुपैयाँ तिर्नुपर्छ भन्दै महिला सेलमै बार्गेनिङ गर्न थाले । सेलले प्रहरी कार्यालयमा लेनदेन हुँदैन भनेपछि ५० हजार भए पनि पुग्छ भन्दै राजुले लक्ष्मीसँग मागे । प्रहरीले बाहिरै मिलाउनु भन्दै कागज गराएर छाड्यो । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ६ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा