२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाजप्रहरी कर्मचारीका गुनासो सुनुवाई गर्न नगरपालिकामा सुझाव पेटिका

प्रहरी कर्मचारीका गुनासो सुनुवाई गर्न नगरपालिकामा सुझाव पेटिका


प्रहरीले अनावश्यक दुख दियो वा कुनै झमेलामा पार्‍यो ? प्रहरी कर्मचारी प्रति केही गुनासो छ वा कामकार्वाही प्रति चित्त बुझेको छैन वा प्रहरी प्रति नै शंका छ ? गैरन्यायिक तरिकाले हिरासतमा त राखिएको की ? यदी त्यस्तो कुनै शंका लागेको छ भने अब सिधैं नगरपालिकाको उजुरी पेटिकामा गएर गोप्य तरिकाले उजुरी तथा गुनासो राख्न सक्नुहुने छ ।

बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अवधारणा अनुसार आज चितवनका स्थानीय तहहरूमा सुझाव पेटिका राखिएको हो । प्रहरी कर्मचारीहरुले गर्ने कामकार्वाहीका बिषयमा गुनासो तथा सुझावहरू सङ्कलन गर्न भन्दै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिकामा आज संयुक्त रुपमा सुझाव पेटिका राखिएको हो । स्थानीय तहहरुमा सुझाव पेटिका राख्न चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङ आफैंं पुगेका थिए । उनले प्रहरीका बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई असहज भएको भन्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको अभियान अन्तर्गत सुझाव पेटिका राखिएको बताए ।

प्रहरीका बारेमा गुनासा, अपेक्षा र सुझावहरू परिचय गोप्य राखेर समेत पठाउन सकिने छ । उनले भने, हरेक स्थानीय तहमा सङ्कलन भएका सुझावहरूलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा सङ्कलन गरी कामकारबाहीलाई अगाडि बढाउने बताए ।

उसो, त जिल्ला प्रहरी कार्यालय चितवनले समेत कुनै पनि प्रकारको सुचना वा अपराधीक गतिबिधी भए कलर आइडी नभएको फोन नं. ०५६–५२०१५५ मा उजुरी, गुनासो दिन सकिने बताउँदै आएको छ । सो टेलिफोनमा गुनासो राख्दा फोन गर्ने ब्यक्तिको नम्बर देखिने छैन ।

त्यस्तै, आजै पुर्वी चितवनको सबै स्थानीय तहहरुमा सुझाव पेटिका राखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले सुझाव पेटिका राख्दै प्रहरी प्रतिका गुनासो र सुझावहरू भए निर्धक्क रूपमा राख्न स्थानीयहरूलाई अनुरोध गरेका छन । सोही अवसरमा नगर उपप्रमुख विमला दुवाडीले पनि सुझाव पेटिकाले प्रहरीलाई काम गर्न थप मार्गनिर्देश प्राप्त हुने र जनताका गुनासाहरू सहजै रुपमा समाधान गर्न सकिने बताएकी थिइन् ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ