काठमाडौं । सरकारले यस वर्ष पनि एसइई सञ्चालन नगर्ने भएको छ ।
सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले कोभिड-१९ महामारीका कारण यस वर्ष पनि एसइई परीक्षा नतिजा आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ ।
कोभिड-१९को दास्रो लहर कारण विद्यार्थीमा जोखिम हुने भएकाले भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेकाले सरकारल आन्तरिक मूल्याङ्कन बाटै गर्ने भएको हो ।
त्यस्तै,अनलाइनबाट परीक्षा सञ्चालन गर्दा सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निणर्य सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।
यस वर्ष जेठ १३ गतेदेखि एसइई परीक्षा भौतिकरूपमा नै सञ्चालनका लागि परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण देशका सम्प्ृणर् जिल्लामा निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य गरेको थियो ।