२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाजआज काग र कुकुर तिहार, यमपञ्चक सुरू

आज काग र कुकुर तिहार, यमपञ्चक सुरू


काठमाडाैं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म मात्र त्रयोदशी तिथि रहेकाले यस समयभित्र कागको पूजा गरिसक्नु पर्नेछ ।

कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो ।आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का…का….का…भन्दै बोलाएर खान दिइन्छ ।

धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ ।

गृह अर्थात् घरको सुरक्षा र रक्षा गर्ने कुकुर हो । त्यसैले सहरमा अहिले कुकुर पाल्ने चलन बढेकाे छ । कुुकुर पनि यमराजको भक्त हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । अपराधकाे अनुसन्धान र अध्ययन अनुसन्धानको काममा पनि कुकुरको प्रयोग गरिन्छ । गृह र देशको रक्षाका काममा कुकुरको आवश्यकता बढ्दो छ । त्यसैले हरेक वर्ष एकदिन भए पनि कुकुरको पूजा गर्ने गरिन्छ ।

यसपटक काग र कुकुरको पूजा एकैदि न परेको छ । तिथिका कारणले यस्तो हुन गएको हो ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ