२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाज१६ दिने महिला हिंसा बिरुद्ध युवाहरुको प्रदर्शन

१६ दिने महिला हिंसा बिरुद्ध युवाहरुको प्रदर्शन


 

कठमाडाैं । १६ दिने महिला हिंसा बिरुद्धको दिवसका सन्दर्भमा युवाहरुले माईतीघर मण्डलामा महिला हिंसा बिरुद्ध पर्दशन गरेका हुन् ।

‘घर देखी सुरु गरौ, महिला हिंसा बिरुद्धको हिंसा अन्त्य गरा’ैं मुल नारासहितको प्रदर्शनामा युथ एड्भोकेसी नेपालको आयोजना तथा एक्सन एड नेपाल लगायतका सामाजिक संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

‘मानवअधिकारको सम्मान गर, महिला हिंसा अन्त्य गर, महिलाको सम्मान, देशको आत्मसम्मान’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड युवाहरुले प्रदर्शन गरेका थिए ।

‘प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महिलाको अधिकार सुनिश्चित गर्न युवाहरुले हातेमालो गरेर अगाडी बढ्नु पर्ने’ युवा अधिकारकर्मी सुनिता बिसुखेंले बताईन ।

त्यस्तै युथ एड्भोकेसी नेपालकी महासचिव गीता चौधरीले भनिन्, ‘दण्डहिनाताको अन्त्य गर्दै महिलाहरुको अधिकार सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यन्वयन गर्नु पर्दछ ।’
महिलाहरुको अधिकारका लागि शक्ति र स्रोतमा महिलाहरुको पुरुषसरह समान पहुँच हुनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए ।

 

 


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ