२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाजपल प्रकरण : पीडित ‘नाबालिग’ले फेरिन् बयान

पल प्रकरण : पीडित ‘नाबालिग’ले फेरिन् बयान


 

अभिनेता पल शाह विरुद्धको मुद्धामा ट्वीस्ट आएको छ । अभिनेता पल शाह (पूणर्विक्रम शाह) विरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी नाबालिग गायिकाले आइतबार अदालतमा बयान फेरेसँगै मुद्धाले फरक मोड लिने संकेत देखिएको अदालत स्रोतले जनाएको हो ।

उनले पलले बलात्कार गरेको नभइ आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिइन।

‘अब नाबालिग नै होस्टाइल बन्ने संकेत देखिएको छ,’ स्रोतले भन्यो, ‘पीडित बालिकाको बाबुको भने बकपत्र हुन बाँकी छ ।’ बलत्कारको मुद्धामा पीडितले बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ ।

पीडित नाबालिगका बाबुले आफ्नी छोरीमाथि पलले जवर्जस्ती करणी गरेको भन्दै११ फागुनमा जिल्ला अदालत तनहुँमा जाहेरी दिएका थिए ।

साथै, त्यसको ४ दिन पश्चात अर्थात् १५ फागुनमा उनले नवलपरासीस्थित गैंडाकोट प्रहरी चौकीमा अर्को जाहेरी दिएका थिए । सोही दिन जिल्ला अदालत तनहुँले पललाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । भने, थुनछेक बहसपछि १० चैतमा पललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै पल यतिबेला कारागारमा छन् ।


क्याटेगोरी : समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ