एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोड ग्रीन बेल्टको उद्घाटन गरेको छ ।
वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको एनसेलले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू(संरक्षण विभागका महानिर्देशक डा। राजेन्द्र के।सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमाझ मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन् ।

यस सामाजिक पहल अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गर्दै आइरहेको र यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको तथा यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गर्ने एनसेलको दाबी छ ।

यस कार्यक्रम अन्तर्गत ल्यान्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षारोणमा योगदान पुर्याएको एनसेलले जनाएको छ । साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने भएकोले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने एनसेलले जनाएको हो ।