काठमाडौँ — अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको ट्वान्टी-२० विश्वकपमा खेल्न जान अमेरिकी भिसा निवेदन दिएका थिए । बुधबार सामाजिक सञ्जाल एक्समा लामिछानेले आफूले भिसा नपाएको जानकारी दिएका छन् ।