२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदसन्दीपको भिसा अस्वीकृत भएपछि यसो भन्छ दूतावास

सन्दीपको भिसा अस्वीकृत भएपछि यसो भन्छ दूतावास


क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत भएसँगै उनको क्रिकेट विश्वकपको ढोका बन्द भएको छ । सन्दीपले नै आफ्नो भिसा अस्वीकृत भएकोबारे जानकारी गराएपछि यसबारे तीव्र टीकाटिप्पणी भइरहेको छ ।

यहीबीचमा नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले क्रिकेटर लामिछानेको केसबारे टिप्पणी गर्न नसकिने अवस्था रहेको स्पष्ट पारेको छ ।

अमेरिकामा आयोजित टी–२० विश्वकपमा नेपाली टोलीको सहभागिताबारे आफूहरू अत्यन्तै उत्साहित रहेको दूतावासद्वारा बुधवार जारी प्रतिक्रियामा उल्लेख छ ।

सोहीअनुसार प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेको दूतावासको भनाइ छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासले जनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #सन्दीप लामिछाने


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ