२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदबर्नलीसँग चेल्सी रोकियो

बर्नलीसँग चेल्सी रोकियो


काठमाडौं – इङ्लिस प्रिमियर लिगको ११ औँ चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँ मिनेटमा चेल्सीलाई  अग्रता दिलाए  । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको हार संकट टारे ।

बराबरीको नतिजापछि चेल्सी ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । बर्नली ११ खेलबाट ८ अंकसहित १८ स्थानमा छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २३ अंक छ ।  म्यानचेस्टर डर्बीमा सिटीले युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेकाे छ ।

नर्विच सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तर, क्रीस्टल प्यालेसले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दा न्युक्यासल युनाइटेड र ब्राइटनले १-१ को बराबरी खेले ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ