२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदयुनाइटेड र टोटनहम विजयी 

युनाइटेड र टोटनहम विजयी 


काठमाडौं  – इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र टोटनहमले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे ।

अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ ।  घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १-१ गोल गरे ।

जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

अर्काे खेलमा टोटनहमले २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेकोे छ ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ