काठमाडौं – भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी-२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ ।
मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो । यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० अन्तरले आफ्नो पक्षमा पारेको हो ।

पाकिस्तानले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेटियो ।
वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।