काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनका लागि १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कप्तान सन्दीप लामिछाने, आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीको नाम दर्ता गरिएको छ ।
आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कूल एक हजार २१४ खेलाडीले नाम दर्ता भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।
आईपीएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ ।