गृहपृष्ठ ∕ खेलकुद ∕ नेपाल युएईसँग पराजित ,विश्वकप खेल्ने सपना रहयो अधुरो नेपाल युएईसँग पराजित ,विश्वकप खेल्ने सपना रहयो अधुरो Karobarpati मंगलबार, २०७८ फागुन १० गते, २०:१८ मा प्रकाशित विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ । युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे । विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे । जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । क्याटेगोरी : खेलकुद ट्याग : #नेपाल, #युएई, #विश्वकप तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता