२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदगुजरातको पहिलो हार

गुजरातको पहिलो हार


काठमाडौं – सनराइजर्स हैदराबादसँग ८  विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० प्रतियोगितामा सोमबार  गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

यता, हैदराबादको भने यो दोस्रो जित हो ।

सोमबार राति  मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो ।

उसका कप्तान हार्दिकले ५० रन बनाए ।  हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ