२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रविधिअंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य

अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य


काठमाडौं । शाओमीले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा रेड्मी १२ सी को मूल्य घटाएको छ ।

आफ्ना उपभोक्ताहरुलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मूल्य घटाएको बताएको छ ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूणर् बनाउनुको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौं र हामी विश्वस्त छौं कि रेड्मी १२ सी को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ । ”

कम्पनीका अनुसार मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डीं डिस्प्ले रहेको छ ।

रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी प्लस ६४ जीबी र ६जीबी प्लस १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ ।

रेडमी १२ सी ४ जीबी प्लस ६४ जीबीको छूट मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै रेडमी १२ सी ६जीबी प्लस १२८ जीबीको छूट मूल्य १५ रुपैयाँ ९९९ रहेको छ ।

रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र ई-कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ ।


क्याटेगोरी : प्रविधि



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ